समाचारनेपाली कांग्रेस

काँगे्रसले ग¥यो राष्ट्रियसभा वैठक अवरुद्ध÷ डा. गोविन्द केसीको माग सम्वोधन गर्नुपने लगायतका माग ।

९ साउन, काठमाडौं । नेपाली कांग्रेसले बुधवार पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । काँगे्रसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाइरहेपछि साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित भएको छ ।
बुधबारको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जेल बैठक चल्न नसक्ने बताए । राष्ट्रियसभा सदस्य पाण्डेको भनाइसँगै कांग्रेसका सदस्यहरुले उभिएका थिए ।

nema
Show More

Related Articles

Back to top button