समाचार

फोरम पनि सरकारमा सहभागी हुने ,दुईबुँदे सहमति

१४ जेष्ठ, काठमाडौैँ÷नेपाल कम्युनिस्ट पार्टी(ने.क.पा) र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेभएको छ ।
सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन।
सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।
फोरम ओली सरकारमा सहभागी हुने दोस्रो सहमति छ ।

nema
Show More

Related Articles

Back to top button