समाचार

प्रदेश नम्बर ५ को बैठक बस्दै

प्रदेश ५ को प्रदेश सभाको बैठक आज(आइतवार) बस्दैछ । प्रदेश अस्थायी मुकाम बुटवलमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेट खर्च व्यवस्थापनका लागि बनेको बिनियोजन विधेयक माथी छलफल शुरु हुनेछ । प्रदेश सभाको बैठकअघि कार्यसुची तय गर्न कार्यव्यवस्था समितिको बैठक विहान ११ बजे बस्दैछ ।
 
सभामुख पूर्णबहादुर घर्ती हिजोसम्म काठमाण्डौमा रहेकाले समितिको बैठक बस्न सकेको थिएन । गत बुधवार बसेको प्रदेश सभा बैठकमा आगामी बर्षको बजेट माथिको सैद्धान्तिक छलफल सकिएपछि बिनियोजन विधेयक पेश भएको थियो । प्रदेश सभाबाट बिनियोजन विधेयक पारित भएपछि सरकारलाई आगामी वर्षको बजेट खर्च गर्ने बाटो खुल्नेछ ।

nema
Show More

Related Articles

Back to top button