breakingसमाचार

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४,अहिलेसम्म ८६१ जना डिस्चार्ज

२९ जेठ, काठमाडौैँ
नेपालमा आज २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला विराटनगरमा ३ जना, नारायणी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा ३ जना, कीटजन्य अनुसन्धन केन्द्र हेटौडामा गरिएको परिक्षणमा १४ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारि दिए ।
यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ जना, कोसी अस्पतालमा गरिएको परिक्षणमा ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा ५५ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ३३ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा २७ जना , धुलीखेल अस्पतालमा गरिएको परिक्षणमा ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
नेपालमा थप १८७ जनाले कोरोना जितेका छन् । उनीहरु ८ जना महीला र १७९ पुरुष छन् । यो संगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ८६१ पुगेको छ । १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

nema
Show More

Related Articles

Back to top button