समाचार

‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला प्रहरी नियन्त्रणमा

१३ असार, काठमाडौैँ÷ नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई बालाजुबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई अहिले हिसासतमा राखेको छ । एक साताअघि आफूलाई धर्तीमाता घोषणा गरेकी उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो । मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

nema
Show More

Related Articles

Back to top button