समाचारनेपाली कांग्रेस

मोदीको अभिनन्दनमा विपक्षीलाई पनि निम्तो, विमलेन्द्र निधि सहभागी हुने

२७ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि निम्तो दिइएको छ । कांग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि मोदीको सम्मान समारोहमा सहभागी हुनेछन् ।
शुक्रबार नेपाल भ्रमणमा आउन लागेका मोदीलाई धनुषाको जनकपुर उपमहानगरले नागरिक अभिनन्दन गर्दैछ ।
नुषा गृहजिल्ला भएका निधिलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फोन गरेर कार्यक्रममा निम्तो गरेका थिए । निम्तो पाएपछि निधि जनकपुर जाने भएका छन् । त्यसअघि उनी मोदीको अभिनन्दनमा नजाने भनिएको थियो ।निधिलाई मञ्चमा अतिथिको आसन ग्रहण गराउने योजना छ । तर मन्तव्य भने राख्ने छैनन् ।
कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र बाचन गर्ने, संघीय सरकारका वरिष्ठ सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रम समापन भएको घोषणा गर्ने योजना छ ।
जनकपुरबासीको तर्फबाट गर्ने भनिएको अभिनन्दन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुने छैनन् । उनी जानकी मन्दिरमा मोदीसँगै पूजा गरेपछि काठमाडौं फर्किनेछन् ।
पटनाबाट हेलिकोप्टर चढेर जनकपुर विमानस्थलमा ओर्लिने मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्नेछन् ।
जानकी मन्दिरमा पूजा गरेपछि र जनकपुरबासीको अभिनन्दन ग्रहण गरेपछि मोदी सोही दिन काठमाडौं आएर राजनीतिक भेटवार्ता गर्नेछन् । शनिबार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पूजा गरेर मोदी सोही दिन भारत फर्किने छन् ।
nema
Show More

Related Articles

Back to top button