समाचार

प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि मंगलवारको संसद वैठकमा संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए लगतै नेपाली काँगे्रसका सांसदहरुले प्रतिप्रश्न गरेका थिए ।
जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरेपछि कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाएका थिए ।
सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिए ।
त्यसपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो ।
जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरेका थिए ।
प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि जुहारी चलिरहँदा सभामुख भने निरिह देखिए । उनले न त विपक्षी सांसदहरुलाई चित्त बुझाउन सके न प्रधानमन्त्रीलाई रोक्न सके । कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिए ।
प्रतिनिधिसभाको अर्को वैठक आगामी शुक्रवार विहान ११ बजे बस्ने गरी सकिएको छ ।

nema
Show More

Related Articles

Back to top button