समाचार

आज अन्तराष्ट्रिय योग दिवस मनाईयो

६ असार, काठमाडौैँ÷ आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव स्वास्थ्यका लागि निकै फाइदाजनक योग अभ्यासका बारेमा जानकारी दिँदै हरेक वर्ष जुन २१ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । भारतको आग्रहमा सन् २०१४ डिसेम्बर ११ मा भएको संयुक्त राष्ट्र संघको साधारण सभाले हरेक वर्ष २१ जुनलाई विश्वव्यापी रूपमा योग दिवसका रुपममा मनाउने निर्णय गरेको थियो । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योगका माध्यमबाट समाधान गर्न सकिने चिकित्सकहरु बताउछन् ।

nema
Show More

Related Articles

Back to top button