समाचार

आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं । आज अक्षय तृतीया । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।
यस दिन जौको सातु र खुदो तथा महको सर्वत खाने प्रचलन रहेको छ । यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।
यस दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । आज गरिएका सबै सत्कर्मको अक्षय पूण्य प्राप्त हुने विश्वास गरिन्छ ।
वर्ष भरीको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ ।
त्यस्तै चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन खोल्ने गरिन्छ ।
महर्षि बेद व्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको विश्वास गरिन्छ ।

nema
Show More

Related Articles

Back to top button