समाचार

आज मातातीर्थ औँशी, आमाप्रति श्रद्धा गरी मनाइँदै

काठमाडौं ÷ आज मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा गरी मनाईँदै छ। यस दिन आमालाई मीठो खान, लाउन दिई सम्मान गर्ने चलन छ । दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ। आजको दिनमा आमाहरुले सन्ततिलाई आशीर्वाद दिएर हाँसीहाँसी सुखदुःखका कुरा सोध्ने र उनीहरूको भलाइ तथा प्रगतिका लागि भगवानसँग प्रार्थना गर्ने गर्दछन्। आज बिहानैदेखि काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लागेको छ।

Show More

Related Articles

Back to top button