breakingसमाचार

संघीय संसद अन्र्तगत दुबै सदनको बैठक आज बस्दै

१४ माघ, काठमाडौैँ÷ संघीय संसद अन्र्तगत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधी सभाले नयाँ सभामुख पाएपछि र राष्ट्रिय सभा सदस्यको निर्वाचन पछि पहिलो पटक दुवै संसदको बैठक बस्न लागेको हो । दिउँसो एक बजेका लागि डाकिएको प्रतिनिधी सभा बैठकमा आज नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई दलीय आधारमा सासंसदहरुले बधाई तथा शुभकामना दिने कार्यसुची रहेको छ ।
त्यस्तै बिभिन्न आयोगका बाषर््िाक प्रतिवेदन पनि सभामा पेशहुने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा न्याय परिषद् र न्याय सेवा आयोग,लोक सेवा आयोग ,राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश हुने छ । राष्ट्रिय समावेशी आयोग , मधेशी आयोग ,थारु आयोग र मस्लिम आयोगको पनि आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
दिउँसो एक बजेनै बस्ने राष्ट्रिय सभा बैठकमा बिभिन्न बिधेयक प्रस्तुत हुने कार्यसुची रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बैठकमा पेश हुने संसद सचिवालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button