समाचार

नेपालको समृद्धिमा भारतले साथ दिने उत्तरप्रदेशका मुख्मन्त्री आदित्यनाथको आश्वासन

असार ५ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधै साथ दिने बताएका छन् ।
नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ नेपाली पत्रकारहरुसँगको भेटमा उनले नेपालको समृद्धि भए भारतसमेत खुसी हुने बताए ।
उनले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफुले भारतको केन्द्र सरकारसँग आग्रह गरेको बताए ।
फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाल र भारतको धार्मिक र सांस्कृतिक पर्यटनमा साझेदारीको आवश्यकता रहेको बताए ।
जवाफमा उनले भारतीय पर्यटकलाई नेपाल लैजानेतर्फ आफू लागिपर्ने जनाए ।
उनले केही व्यक्तिहरुले नेपाल–भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै त्यसतर्फ भने दुबै पक्ष सजग हुनुपर्नेमा जोड दिए ।
नेपालीको स्वाभिमान बिश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधिन र सम्प्रभुसत्ता सम्पन्न मुलुक भएको भन्दै उनले प्रशंसा समेत गरे । यस्तै नेपालीको धर्म, संस्कृतिसमेत वैश्विक पहिचान भएको उनले बताए ।

nema
Show More

Related Articles

Back to top button