breakingसमाचारनेपाली कांग्रेस

प्रधानमन्त्री ओलीलाई विश्राम लिन कांग्रेस सांसद गगन थापाको आग्रह

काठमाण्डौ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समयसम्म देश बाहिर बस्दा देशको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाइएको तर शारीरिक स्वास्थ्य अवस्था भने कमजोर भएको थापाले बताए ।
इच्छाशक्ति भए पनि प्रधानमन्त्रीले आफूमाथिको दायित्व पूरा गर्न नसक्ने भन्दै सांसद थापाले नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै थापाले विकल्प खोज्न सत्तारुढ नेकपालाई आग्रह गरे ।
नेकपाको बहुमत रहेको र प्रधानमन्त्री छान्न पनि सजिलो भएको भन्दै सांसद थापाले अस्वस्थ भएका प्रधानमन्त्रीलाई विश्राम दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएको प्रति उनले गम्भीर ध्यानाकर्षण समेत गराए ।

nema
Show More

Related Articles

Back to top button