समाचार

आजदेखि ४ वटा प्रदेशमा दादुरा र रुवेला विरुद्धको खोप अभियान

१ फागुन, काठमाडौैँ
९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । दुई चरणमा सञ्चालन हुने अभियान अन्तर्गत पहिलो चरणमा आजदेखि प्रदेश १, २ र ५ का ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।
अभियान एक महिनासम्म सन्चालन हुनेछ । अभियान अन्तरगत चितवन र पूर्वी नवलपरासी बाहेक तराईका १९ जिल्लामा दादुरा र रुबेलाको खोपसँगै बालबालिकालाई पोलियो थोपा पनि खुवाउने तयारी छ । दादुरा र रुबेलाविरुद्धको खोप शिशु जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्दछ । दुई चरणकै खोप लगाएका बालबालिकालाई पनि यो खोप अभियानअन्तर्गत थप खोप लगाउनुपर्ने प्रमुख गौतमले बताउनु भयो । दोस्रो चरणमा आगामी चैत १ गतेदेखि वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकाका लागि खोप अभियान सञ्चालन हुनेछ । सरकारले सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्नुपर्ने लक्ष्य राखेको छ ।

nema
Show More

Related Articles

Back to top button