breakingसमाचारविचारवी पी विचार

यसरी सफा गरिँदैछ फेवाताल

२०७९ असोज २५ गते

२५ असोज, पोखरा ।

पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् ।

भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय खेलकुद पनि पोखरामा भइरहेको सन्दर्भमा ताल सफाइ गर्न लागेको सुनाइन् ।

‘यो बर्खामा सधैं हुने समस्या हो । माथिबाट ठूलो पानी बगाएर तालमा झार र फोहोर जम्मा हुन्छ । यसले तालको सुन्दरतालाई क्षति पुर्यायो,’ उपप्रमुख गुरुङले भनिन्, ‘अहिले नवौं खेलकुद भइरहेको सन्दर्भमा सरसफाइ महाअभियान सुरु गरिएको हो । तर, यो अभियान निरन्तर रहन्छ ।’

फेवाताल ड्यामसाइडदेखि चंखपुरसम्म ३३ वटा स्टेसन बनाएर सरसफाइ सुरु गरिएको छ, जसमा ३३ वटै वडाका वडाध्यक्षले नेतृत्व गरेका छन् । सरसफाइमा सुरक्षाकर्मीहरुलाई पनि खटाइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button