समाचार

कारोबार नगराउन ब्रोकरलाई सेयर लगानीकर्ताको चेतावनी, आन्दोलन जारी ।

२१ जेष्ठ, काठमाडौ÷
बोनस र हकप्रद सेयरको अंकित मूल्यकै आधारमा लाभकर लिने सरकारको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताका संघ संस्थाहरुले दोस्रो दिन मंगलबार पनि कारोबार नगर्ने जनाएका छन । साथै उनीहरुले सेयर कारोबार गराएमा त्यसको जिम्मेवार आफै हुने भन्दै ब्रोकरहरुलाई धम्की समेत दिएका छन् ।
सोमबार लगानीकर्ताले कारोबारमा सहभागी नभई नेप्से तथा धितोपत्र बोर्ड घेराउ गरेका थिए । लगानीकर्ताका संघ संस्थाले कारोबार बहिष्कारगरी आन्दोलनमा गएपनि सोमबार नेप्सेमा ४२ करोड बढीको कारोबार भएको थियो ।
सोमबार लगानीकर्ताको आन्दोलनमा ब्रोकरहरुले साथ नदिएपछि सोमबार साँझ बसेको तीन वटा लगानीकर्ता संगठनहरुको संयुक्त बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।


यता अर्थमन्त्री डा. युवराज खतिवडाले एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै लाभकरका बिषयमा पूँजीबजारमा देखिएको अन्योल अन्त्य गरिने बताएका छन् ।
nema
Show More

Related Articles

Back to top button