breakingसमाचार

एसियाकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर, हङकसंग पराजित

काठमाडौं,भदौ १९ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३औं ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो ।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाँउदै टोलीको जित सुनिश्चित गरे ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २७ रनमात्र खर्चिए ।
हङकङसंगको हारसँगै एसिया कप खेल्ने नेपालको सपना चकनाचूर भएको छ । हालैमात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो ।
तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुआती दुई खेलमा ओमन र युएईसँग हारेको थियो ।
मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमनले युएईलाई त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना जीवित थियो ।
तर, क्वालालम्पुरको युकेएम ओभलमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।
नेपाललाई सस्तैमा समेट्नेक्रममा हङकङका इशान खानले ७।५ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए भने मोहम्मद अजिज खान र तनवीर फैजलले समान २र२ विकेट झारे ।

nema
Show More

Related Articles

Back to top button