समाचारनेपाली कांग्रेस

परिस्थितिको समिक्षा गर्दै युद्धस्तरमा अघि बढौं

 
 
शेरबहादुर देउवा   सभापति नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले भननु भएके छ  श्वब्यापी फैलिएको कोरोना भाइरससंग जुध्न नेपाल सरकारले निर्धारण गरेका रणनीतिहरुलाई सबैले आत्मसात गर्न जरुरी छ l एक पुरानो र अनुभवी दलको नाताले आजको चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन नेपाली कांग्रेस तत्पर रहेको र सघाइरहेको स्मृति सबैलाई गराउन चाहन्छु l यो हामी सबैको साझा संघर्ष हो,अत: `सरकारमा संगै नरहेरपनी यस्तो अभियानमा संगै लड्न सकिन्छ´ भन्ने भावनामा हामी दृढ ढंगले प्रतिबद्ध छौं l
लक डाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन म पार्टीका साथीहरू एवं समस्त नेपाली दिदीबहिनी दाजुभाइमा फेरिपनी अपिल गर्न चाहन्छु l यसै सन्दर्भमा सरकार र समुदायको एक्यवद्ध अभियानलाई अझ ब्यवस्थित र प्रभावकारी बनाउन पछिल्लो समय दिइएका सुझाव सार्वजनिक जानकारीका लागि प्रस्तुत गरेको छु l
१, हालसम्मको आफ्नो कार्य प्रगति र कमजोरीको वस्तुगत समिक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन आग्रह गर्दछु l
२, आयात पश्चात् पनि पिपिइ लगायत अत्यावश्यक सामग्री आज चैत १८ मध्याह्नसम्म पनि कयौं ठाउँमा नपुगेको विवरण प्राप्त भएको छ l तत्काल सामग्री पुर्‍याउन अपिल गर्दछु l
३,  स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने हो अत नेपालभरिका स्वास्थकर्मिहरुप्रति हामी सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराउंदछु l
४,  आर्थिक राहतको ब्यवस्थित प्याकेज घोषणा गर्न हामीले अपिल गरि आएका थियौं l आएको प्याकेज एक हदसम्म सकारात्मक भएपनी यो पर्याप्त छैन l ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले ब्यवसायिको ऋणको ब्याज घटाएर राज्यले प्रतिकुलतामा राहत अनुभुती गराउनु पर्दछ l अझ २० लाखसम्म ऋण लिएर ब्यवसाय गरिरहेका साना ब्यवसायिका हकमा ३ महिनासम्मको ब्याज मिनाहानै गर्न म फेरिपनि सरकारलाई अपिल गर्दछु l
५, रोजगार कार्यक्रमका नाममा अघिल्लो बर्ष अनुत्पादक ढंगले अर्बौं रुपैयाँ ब्यय भएको          थियो l लक डाउनको यो समयमा कष्ट भोगिरहेका बेरोजगारहरु एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका बिद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व रहेकोे फेरिपनी स्मरण गराउंदछु l
६,  लक डाउनले ब्यवसायलाई परेको प्रत्यक्ष असरले बिज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्‍याएको छ l परिणाममा संचार माध्यमहरुलेपनी त्यसको असर ब्यहोर्नुपर्नेछ l अत राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न म सरकारलाई आग्रह गर्दछु l
७, ज्यालादारी श्रमिकलाई राहत यथासिघ्र पुर्‍याउने फास्ट ट्र्याकको विधि निर्माण र कार्यान्वयन गर्न म तिनै तहको सरकारलाई अपिल गर्दछु l
८,  लक डाउन लम्ब्याउनु पर्ने स्थितिले विभिन्न ठाउँमा फंस्न पुगेका नेपालीलाई निकै कष्ट पुगेको विवरण हामीले प्राप्त गरिरहेका छौं l देशको विभिन्न भागबाट आफ्नो घर जान चाहेका तर लक डाउनका कारण जान नपाइ अफ्ट्यारोमा परेकाहरुका लागि वैकल्पिक उपाय निर्माण गर्न म सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदछु l
९,  नेपालमा रहेका आफ्ना नागरिक कयौं देशले चार्टर विमान द्वारा उद्दार गरि स्वदेश लगिरहेका छन् l विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेहरुको हकमा तथा अध्ययन,श्रम र तिर्थ यात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीहरुको उद्दार गर्न सरकारले जरुरी कुटनैतिक पहल गर्न अत्यावश्यक छ l उद्दार पुर्वको अवस्थामा आवश्यक गांसबासको ब्यवस्थापनका लागि दूतावास मार्फत स्थानीय रूपमा पहल गर्नपनि सरकारलाई आग्रह गर्दछु l
१०,  भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहंदा उत्पन्न जटिलताको ब्यवहारिक हल खोज्न म सरकारलाई अनुरोध गर्दछु l कडाइका साथ प्रवेश,परिक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउंदछु l
११,  संयुक्त अरब इमिरेट्स (यूएई)ले रोजगारदाता कम्पनीहरुलाई आफ्ना श्रमिक कटौती गर्न या बेतलबी बिदामा राख्न पाइने गरि हालै प्रक्रिया सुरु गरेको बिषयमा नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ l यसले नेपाली श्रमिकलाई पर्न सक्ने असर र उत्पन्न गर्ने जटिलताप्रती नेपाल सरकारको सजगताका लागि विशेष ध्यानाकर्षण गराउंदछु l

nema
Show More

Related Articles

Check Also
Close
Back to top button