breakingसमाचार

नेबिसंघले बाढीपहिरो पीडितका लागि राहत संकलन सुरु गर्यो

१ साउन, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नका लागि नेविसंघले आजदेखि आर्थिक संकलन अभियान सुरु गरेको हो । निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको अगुवाईमा बुधबारबाट काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत नेविसंघ आवद्ध विद्यार्थीहरुले आर्थिक संकलन अभियान सुरु गरेको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए । अभियानको पहिलो दिन बुधबार बिहान ४९ हनार पाँच सय ७१ रुपैयाँ नगद र लुगा–कपडा संकलन भएको भट्टले जानकारी दिए । एक हप्तासम्म चल्ने राहत संकलन अभियानपछि संकलित रकमलाई नेविसंघले आप्mनै उपस्थितिमा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको स्थानमा वितरण गरिने जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button