समाचारनेपाली कांग्रेस

नेपाली काँगे्रस तनहुँका सभापति डिल्लीराम अधिकारीद्धारा भ्रामक समाचारको खण्डन

तनहुँ, ४ चैत÷ नेपाली काँगे्रस तनहुँका सभापति डिल्लीराम अधिकारीले एक वक्तब्य प्रकाशन गरी भ्रामक समाचारको खण्डन गरेका छन ।
विज्ञप्तीको पूर्ण पाठ यस्तो छ ।
मिति २०७५÷१०÷८ गते सम्पन्न नेपाली काँगे्रस तनहुँको विषेश अधिवेशनबाट गठन भएको जिल्ला कार्यसमितिको सदस्य पदमा रहनुभएका नेताहरु कृष्णप्रसाद गौतम, उदयराज गौली र किसान गुरुङ सोही अधिवेशनबाट निर्वाचित भै काम गरिरहेको र तत पश्चात कुनै विज्ञप्ती प्रकाशित नगरेको र राजीनामा पनि नदिएको अवस्थामा विशेष अधिवेशनबाट विघटन भएका पूर्वकार्यसमितिका नामबाट आफूहरु विशेष अधिवेशनबाट छनोट भएको स्विकार्य नभएको भन्ने जस्ता भ्रामक समाचार प्रकाशन भएकोेले सो समाचारप्रति आफ्नो सहमति नभै आफ्नो नाममा विगठित कार्यसमितिका पदाधिकारीले प्रकाशन गरेको समाचारप्रति आपक्ति जनाउँदै आफूहरु विशेष अधिवेशनलाई बैधानिक मान्दै सो बाट निर्वाचित कार्यसमितिको सदस्यता रहेकोले त्यस विषयमा कुनै भ्रममा नरहन र नेपाली काँगे्रसका नेता डिल्लीराम अधिकारीनै नेपाली काँगे्रस तनहुँको आधिकारिक सभापति र उहाँको नेत्रृत्वमा गठित कार्यसमितिनै आधिकारिक कार्यसमिति भएको हुनाले कसैलाई पनि त्यस किसिमको भ्रामक समाचार सम्प्रेषण नगर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button