समाचार

सेयर बजारमा भिषण पहिरो, आज एकै दिन ६८ अंकले घट्यो

२१ फागुन,
सताको चौथौ कारोवारको दिन आज शेयर बजारमा भिषण गिरावट आएको छ । नेप्सेपरिसूच ६८ दशमलव ४७ अंकले घटेर १४ सय ४१ दशमलव २० अंकमा आइपुगेको छ ।
त्यस्तै क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव १७ अंकले घटेर ३ सय ८ दशमलव ८७ अंकमा झरेको छ । विभिन्न १ सय ७४ कम्पनीका ६७ लाख ७१ हजार कित्ता शेयर २ अर्ब ९० करोड रुपायाँ बराबरमा कारोबार भएको छ । सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्स शेयर २६ करोड ६६ लाख रुपैयाँ बराबरमा खरिद बिक्रि भएको छ । आज कारोवारमा आएका सबै उपसूचक ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button