breakingसमाचारसंस्था गतिबिधीनेपाली कांग्रेस

नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेसका पुर्व महामनत्री श्री कुल वहादुर गुरुङ्गले प्रदेश नं १ को नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आगामी आषाड ३ गते दिनको ११ वजे मोरड.को विराट नगरमा सम्वोधन गर्नु हुने

मोरड. १९ जेष्ट,
नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेसका पुर्व महामनत्री श्री कुल वहादुर गुरुङ्गले प्रदेश नं १ को नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आगामी आषाड ३ गते दिनको ११ वजे मोरड.को विराट नगरमा सम्वोधन गर्नु हुनेछ । सम्वोधनमा प्रमुख रुपमा कांग्रेसमा अहिले आएको शैद्धान्तीक विचलन र अहिले किन कांग्रेसबाहेक सबै दलहरु एक भए कसका विरुद्धमा र केका लागि र के कांग्रेस यो देशमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष मुलुक बनाउन प्रयोग मात्र भएको हो  के हिजो जनआन्दोलनमा कांग्रेसको नेतृत्वलाई शिरमा राखेर हिँड्ने दलहरुले आज कांग्रेसको उपयोगिता समाप्त गर्न खोजेका हुन् र  के कांग्रेसविनाको नेपालको परिकल्पना गरिएको हो रु ०६२÷०६३ को आन्दोलनको नेतृत्व गरेको कांग्रेस आज किन र कसरी भूमिकाविहीन अवस्थामा आइपुग्यो  यी र यस्तै गम्भीर प्रश्नहरु नेपाली राजनीतिमा उठेका छन् । यसतर्फ आज कांग्रेस नेतृत्व गम्भीर देखिँदैन । यतातिर नेपाली कांग्रेस र नेपाली जनताको ध्यान आकृष्ट गर्नु र अभियानको मर्म र उद्देश्य आदि विषयमा उहाले कार्यकर्ताहरुलाई आफना दृष्टिकोणहरु राख्नु हुनेछ । उक्त जानकारी वी.पी. विचार समाज राष्ट्रिय समाज १ नं प्रदेश का सभापति श्री दिपक लोहनीे दिनु भएकोछ ।

nema
Show More

Related Articles

Back to top button