breakingसमाचार

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न —वाइडबडी कता हरायो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं कांग्रेसले वाइडबडी काण्ड कता हरायो भन्ने प्रश्न गरेको छ । नेपाली कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै वाइडबडीको प्रश्न गरेको हो ।

वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न , निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही , तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न लगायका माग गर्दै काठमाडौं कांग्रेसले शान्तिवाटिकामा सोमवार विशाल प्रदर्शन गरेको हो ।

सरकार मुसिएका विभिन्न भ्रष्टाचार र विभिन्न आपाराधिक गतिविधिमा व्यहोरेको असफलताका विषयहरुलाई कार्टुन, चित्र र प्लेकार्ड मार्फत कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनिहरुले प्रधानमन्त्री ओलीजी १ वाइडबडी काण्ड कता हरायो भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो जस्ता प्ले कार्ड प्रदर्शन गरेका छन् ।

७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै कांग्रेस केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । कांग्रेसले काठमाडौं उपत्यकामा छुट्टाछुट्टै कार्यक्रम गरेको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।

nema
Show More

Related Articles

Back to top button