breaking

काँग्रेसलाई पुनः स्थापित गराउन के.वी गुरुङको सक्रियता, कार्यकर्ता साथ दिँदै

१९ बैशाख, काठमाडौँ ÷ वी.पी कोइरालाको विचार अनुसार नेपाली काँगे्रसलाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई प्रचारप्रसार गर्ने उदेश्यले प्रदेश नंवर ४ बाट काँगे्रसले अभियान सुरु गर्ने भएको छ । बैशाख २१ गते तनहुँको सदरमुकाम दमौलीमा प्रदेश नंवर ४ स्तरीय नेपाली काँगे्रसको कार्यकर्ता भेला गरी काँगे्रसका पुराना नेता के.वी गुरुङले अभियानको सुभारम्भ गर्न लाग्नुभएको काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोसीले मंगलवार दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।
काँगे्रसको वर्तमान नेत्रृत्वले वी.पीको विचारलाई छोडेर सत्तालाई प्राथमिकता दिँदा काँगे्रसको नराम्रो हविगत सृजना भएकोले अव पनि काँगे्रसले वी.पी को विचारलाई आत्मसाथ गर्न सकेन भने काँगे्रसको स्थिति अझै दयनिय हुने काँगे्रस नेता के.वी गुरुङको भनाई उद्धृत गदै पूर्व सहमहामन्त्री जोसीले बताउनुभयो ।
अभियानको प्रमुख उदेश्य नेपाली काँगे्रसलाई वी.पी.ले अंगालेको बाटोमा हिडाएर काँगे्रसलाई पुनःस्थापित गराई राष्ट्रियता,प्रजातन्त्र र समाजवादलाई बलियो बनाउन काँगे्रसको प्रभावकारी भूमिका निर्वाह गर्नु अभियानको लक्ष्य रहेको जोसीले उल्लेख गर्नुभयो ।
यसैवीच दमौलीबाट सुरु हुने अभियानको नेपाली काँगे्रसका कार्यकर्ताहरुले साथ दिने बताएका छन् । काँगे्रसका पुराना एवं निष्ठावान नेता के.वी गुरुङको अभियानलाई साथ दिन ७ वटै प्रदेशका कार्यकर्ताहरु क्रियाशिल बनेका छन । आजको आवश्यकतानै काँगेसलाई वी.पी कोइरालाले अंगालेको विचारलाई पुनस्थापित गराउने भन्दै उनीहरुले गुरुङलाई साथ दिएका हुन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button