breakingसमाचारसमाजनेपाली कांग्रेस

सचिव कुटपिट घटनाको सार्वजनिक गर्न पूर्वमन्त्री जोशीको माग

जनकपुर÷नेपाली कांग्रेस केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा जोशीले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको बताए।

पूर्वमन्त्री जोशीले यस्ता गलत कार्यले लोकतन्त्र र सङ्घीयताको भविष्यमाथि नै प्रश्नचिह्न लगाउने बताउँदै संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्नेमा जोड दिए ।

nema
Show More

Related Articles

Back to top button