समाचार

अरुण तेस्रो जलविद्युत कार्यालयमा बम प्रहार

३० जेठ, काठमाडौं । संखुवासभाको खाँदबारी(९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको प्रहरीले जनाएको छ ।
कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए ।
अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।

nema
Show More

Related Articles

Back to top button