समाचार

काँगे्रस केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन सभापति देउवालाई गगनको आग्रह

१४ जेठ, काठमाडौैँ
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि बिलमब नगर्न आग्रह गर्नुभएको छ । नक्सा सम्बन्धी विषयमा अनेक चलखेल भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया बीचैमा तुहिनसक्ने आशंका बढिरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गर्नुभएको हो ।
पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराउनुभएको हो। उहाँले परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोलि नै बैठक बोलाउनु पर्नेमा जोड दिनुभएको हो ।
नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button