समाचार

संसदीय विशेष समिति गठनपछि अवरुद्ध संसद बैठक आजबाट सुरु

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेसँगै संसदको गतिरोध अन्त्य भएको छ ।
संसदमा गतिरोधको अवस्था आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेम्वाङको नेतृत्वमा समिति गठन भएको हो ।
विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्नु पर्ने माग गर्दै गएको असार २५ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका थिए ।
अबदेखि संसदमा गतिरोधको अवस्था उत्पन्न हुनै नदिने अवस्था निर्माणका लागि समिति गठन भएकाले विपक्षी दलले संसदीय छानबिन समितिको माग छाडेर सदन खुलाउन तयार भएका हुन् ।
समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत ७ सदस्य रहेका छन् ।
समिति बनेसँगै झण्डै एक महिनादेखि अवरुद्ध हुँदै आएको संसद बैठक सोमबारबाट सुरु भएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button