समाचार

बर्षाको कारण काभे्रको नालामा घर भत्किँदा २ जनाको मृत्यु

काभ्रे ÷ अविरल वर्षका कारण बनेपा नगरपालिका वडा नंवर ३ चुनातालमामा भूकम्पले क्षति पुर्‍याएको एक घर भत्किँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ५० वर्षकी गोमा दंगाल र उनकै नातिनी छन्। दंगालको परिवारमा सात सदस्य थिए। एकजना सुत्केरीसहितको उक्त परिवारका तीनजनाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारका लागि पठाइएको छ । त्यस्तै थप दुईजना पुरिएको आशंकामा उद्वार कार्य जारी रहेको स्थानीय समाजसेवी प्रल्हाद हुमागाईंले जानकारी दिए। वर्षाकै कारण काभ्रे जिल्लाका विकट क्षेत्रहरु कोशिपारि, डाँडापारि, रोशी क्षेत्र, तेमाल भेग लगायतका ग्रामीण सडकहरु पूर्णरूपमा बन्द भएका छन्।

Show More

Related Articles

Back to top button