समाचारनेपाली कांग्रेस

सुकुटेमा बस दुर्घटना ः घाइतेहरुको जानकारी लिन देउवा धुलिखेलमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुर्घटनाका घाइतेहरुको अवस्थाबारे जानकारी लिन आज बिहान धुलिखेल अस्पताल पुगेका छन् । सभापति देउवाले घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीका तर्फबाट पूर्ण सहयोग रहने बताए । सो अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत छन् । यस्तै दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । दुर्घटना मृत्यु भएका १९ मध्ये १३ जना शैलुङ्गेश्वरी गाउँपालिकाको रहेका थिए ।
सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ । आज दुइ जनाको शव भेटिएसंगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको हो। सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एकजना र अर्का एकको शव घटनास्थलबाट केही तल भेटिएको प्रहरीले जनाएको छ । हिजो दिउसोँ भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो । उनिहरुकोे सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button