breakingसमाचारवी पी विचार

होली वाइन प्रकरणपछि देशमा धर्मयुद्धको खतरा ः काँगे्रस नेता लक्ष्मण घिमिरे

८ माघ, काठमाडौैँ÷ नेपाली काँगे्रसका नेता लक्ष्मणप्रसाद घिमिरेले नेपालमा धर्मनिरपेक्षताकै कारण धर्मान्तरण तिब्र बन्दै गएको बताउनुभएको छ ।देशमा जवरजस्ती लादिएको धर्मनिरपेक्षताकै कारण धार्मिक युद्ध हुनसक्ने भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।

नेता घिमिरेले काँगे्रसले सदनमा शसक्त रुपमा आवाज उठाउन नसकेको आरोप समेत लगाउनुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी गैरजिम्मेवार बन्दा समेत काँगे्रस चुपलागेर बसेको उहाँले बताउनुभयो ।

वाइडबडी प्रकरणमा काँगे्रस सभापति शेरबहादुर देउवाले संसदमा शसक्त रुपमा आवाज उठाउनुपर्नेमा नेता घिमिरेले जोड दिनुभयो । वाइडवडी प्रकरणमा मुछिएका माथि कारबाही हुनुपर्नेमा काँगे्रस चुप लागेर बस्न नहुने उहाँले उल्लेख गर्नुभएको छ । वीपी विचार डटकमसँग मंगलबार कुराकानी गदै मन्त्रीहरुले बोलेको कुराले वाइडबडी प्रकरणमा आशंका जन्माएको घिमिरेको तर्क छ ।

nema
Show More

Related Articles

Back to top button