समाचार

सवारी पास वितरणमा कडाई

३ बैशाख, काठमाडौ
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरणमा कडाइ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले आज एक सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जानकारी दिनुभएको छ ।
 
सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेको छ । लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । मंगलबारबाट प्रशासनले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था समेत मिलाएको थियो । अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।
 
त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

nema
Show More

Related Articles

Back to top button