breakingसमाचार

अवरुद्ध संसद् खोल्न सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं÷ अवरुद्ध संसद् सुचारु गर्न सभामुख कृष्णबहादुर महराले सर्वदीय बैठक बोलाएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बोलाइएको बैठकमा सभामुखले संसद सुचारु गर्न दलका नेताहरूसँग छलफल गर्ने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।
विप्लव सम्वद्ध माओवादी नेता कुमार पौडेलको सर्लाही मृत्यु घटनाको अनुसन्धान गर्न संसदीय समिति गठन गर्ने कि नगर्ने भन्ने दलीय अडानले तीन सातादेखि संसद बैठक अबरुद्ध भैरहेको छ ।
विपक्षी कांग्रेस संसदीय समितिको अडानमा छ भने सत्तासीन नेकपा स्थानीय स्तरबाटै उक्त घटना सहमतिमा पुगिसकेको र संसदीय समितिले छानविन गरिरहेको भन्दै संसदीय समिति गठनको विपक्षमा छ।
दलीय अडानले बन्धक बनेपछि सार्वजनिक चासो र जनजिविकाका विषयले संसदमा प्रवेश पाएका छैनन। विपक्षी राजपासँगै कांग्रेस पनि संसद अवरोधमा होमिएको छ ।
राजपाले मधेस आन्दोलनको छानविन गर्न गठित पूर्व न्यायाधीस गिरिशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ। कांग्रेसको मागलाई राजपाले पनि साथ दिएको छ।
निष्कर्षविहीन छलफल
सत्तापक्ष र विपक्षीबीच संसद अवरोध फुकाउनेबारे पटक पटकका वार्ता र सम्वाद भएपनि निष्कर्ष निस्कन सकेको छैन।
सभामुख कृष्णबहादुर महराले बुधवार विहान सत्तापक्षीय संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी, विपक्षी कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँण र राजपाका लक्ष्मणलाल कर्णसंग संसद अवरोधको गांठो फुकाउनेबारे छलफल गरेका थिए। तर सहमति जुटन नसकेपछि दिउंसो बसेको प्रतिनिधिसभामा विपक्षी दलले झण्डै ४५ मिनेट नारावाजी गरेका थिए।
सभामुख महराले विहीवारसम्मका लागि बैठक स्थगित गरेका हुन ।

nema
Show More

Related Articles

Back to top button