समाचारसमाजनेपाली कांग्रेस

पार्टी भित्रको गुट—उपगुटले कांग्रेसको राष्ट्रिय जागरण सफल हुँदैन ः नेता खड्का

६ बैशाख, काठमाडौैँ÷ नेपाली काँगे्रसका नेता डा. नारायण खड्काले पार्टीभित्रको गुट तथा उपगुटले आन्तरिक एकतामा खलल पुगेको बताएका छन् । काँगे्रसले सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियानलाई सफल पार्न नेत्रित्वले गुटउपगुटको अन्त्य गर्नुपर्नेमा नेता खड्काले जोड दिए । आन्तरिक द्धन्दका कारण काँगे्रसको राष्ट्रिय जागरण अभियानले कुनै उपलब्धी हाँसिल गर्न नसक्ने उनको ठोकुवा छ ।
राजधानीमा रहेको एक रेडियोसँग कुराकानी गदै नेता खड्काले फरक प्रसंगमा संघीयता र धर्म निरपेक्षता आयात गरिएको बताए । २०६२÷६३ सालको जनआन्दोलनमा संघीयता तथा धर्मनिरपेक्षताको माग नेपाली जनताको नभएको उनले उल्लेख गरे । तत्कालिन माओवादीले समेत धर्मनिरपेक्षता तथा संघीयताको माग नगरेपनि जवरजस्ती धर्मनिरपेक्षता र संघीयता देशमा प्रयोगका रुपमा घुसाइएको उनले बताए ।

nema
Show More

Related Articles

Back to top button