breakingसमाचारविचारवी पी विचार

पोल्ट्री व्यवसायी शंकर कँडेलले किन गरे आत्महत्या ?

अनमोल फिड्सको कार्यालयको तेस्रो तलाको आफ्नै कार्यकक्षमा पहेँलो डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा मंगलबार कँडेल मृत फेला परेका थिए । सोही कोठामा उनले लेखेको आठ पेज लामो सुसाइट नोट पनि फेला परेको थियो । पोल्ट्री व्यावसायको पछिल्लो अवस्था र आफूले भोग्नु परेको तनावको वृतान्त छ ।

 २०८० वैशाख २१

२१ वैशाख, चितवन । एक जमाना थियो चितवनमा अनमोल, पञ्चरत्न, अविनास जस्ता पोल्ट्री फर्म तथा ह्याचरी उद्योगहरु चकाचक थिए । नाम चलेका यी ब्राण्डहरूले चितवनको पोल्ट्री व्यावसायलाई चलायमान मात्रै बनाएका थिएनन् पहिचानसमेत दिएका थिए । सयौंको रोजगारी सिर्जना गरेका यी उद्योगहरूलाई देखेरै अन्यले समेत पोल्ट्री व्यवसायमा आकर्षित भएका थिए ।

तर चितवनका पोल्ट्री व्यवसायीहरु केही वर्षयता संकटमा परे । एकातिर बैंकको ब्याज आकासियो भने अर्कोतिर बजारको उधारो उठेन । यही संकटपूर्ण अवस्थाका बीच चितवनका जल्दाबल्दा पोल्ट्री व्यवसायी शंकर कँडेल आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत भेटिए । राजनीतिक र सामाजिक व्यक्तित्वको छविसमेत बनाएका कँडेलको मृत्युको खबर आगोसरी फैलियो । पोल्ट्रीको राजधानी स्तब्ध भयो ।

copied from online khabar

nema
Show More

Related Articles

Back to top button