breakingसमाचार

संसदको बर्षे अधिवेशनका लागि तयारी तिब्र

२२ बैशाख, काठमाडौैँ
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बर्षे अधिवेशन आह्वान गरेसंगै संघीय सचिवालयले तयारी तीव्र पारेको छ । कोरोना भाइरसको जोखिमको कारण भौतिक दूरी कायम गर्दै बैठक बसाल्नुपर्ने भएपछि हरेक सांसदको कुर्सी एक अर्कासँग नजोडिनेगरी मिलाउन थालिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभएको छ ।
यस्तै हरेक टेबल स्यानिटाइज गर्ने, माइक र अन्य संरचनाको सरसफाई लगायतका काम तीव्र भएको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागलाई अनुरोध गरेअनुसार उसले संसद भवनको निरीक्षण गरेर केही सिफारिस गरेको र विभागको सिफारिस अनुसार नै संसद भवनलाई व्यवस्थापन गरिने महासचिव योगीले बताउनुभयो ।
हरेक सांसदको ज्वरो नापेर मात्रै भवन भित्र प्रवेश दिइने, त्यसको लागि थर्मन गन मात्रै नभएर थर्मल मेसिन नै राख्ने तयारी छ । त्यस्तै पीसीआर मेसिन राखेरै कोरोनाको परीक्षणको पनि तयारी थालिएको छ । स्वास्थ्य सेवा विभागको सिफारिस अनुसार एउटा गेटबाट भित्र पस्ने र अर्को गेटबाट बाहिर निस्कने व्यवस्था गर्न लागिएको छ ।

nema
Show More

Related Articles

Back to top button