समाचार

नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश जाने घटे

४ साउन, काठमाडौँ÷ गत वर्ष समग्रमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकहरुमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको हो । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको बताईएको छ । गत आर्थिक वर्ष ०७४÷७५ मा पुनः श्रम इजाजत लिनेसहित गरेर ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागले जनाएको छ । यसको अघिल्लो आर्थिक वर्ष ०७३र७४ मा ७ लाख ५९ हजार २३० नेपाली कामका लागि विदेशिएका थिए । यसअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली विदेश पुगेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button