समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 
काठमाडौं ÷ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमले मूल्य समायोजन गरेको जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको छ ।
बुधबार निगमले प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९०÷९० रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य एक सय ६, डिजेल ८७ र मट्टितेल ८७ रुपैयाँ थियो। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button