समाचार

हिमालयन एग्रो प्रोडक्टद्धारा एक सय ५१ प्रकारका चिया एउटै छानामुनि

काठमाडौं । हिमालयन आमा टी ९एग्रो प्रोडक्ट० ले एक सय ५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने दावी गरेको छ । हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्धेश्यले एग्रो प्रोडक्ट उत्पादन गर्न लागेको जानकारी दिएका छन् ।

उनले नेपालका एक सय बढी स्थानमा स्टल खोज्ने जानकारी दिँदै युरोप र खाडी मुलुकमासमेत यसको बजार प्रवद्र्धन गर्ने जानकारी दिएका छन् ।

घलेको योजनालाई सरकारले पूर्ण रुपले समर्थन र सहयोग गर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री चक्रपाणि खनालले बताएका छन् ।

राजधानीको बौद्धमा रहेको हिमालयन आमा टी को उद्घाटन गर्दै मन्त्री खनालले सुरुवात राम्रो भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा यसको ब्राण्ड बनाउनु पर्ने बताए ।

उनले नेपालको खाद्यान्हमा धेरै नै विषादी रहेकाले विषादीमुक्त खाद्यान्हमा हिमालयन एग्रोले भूमिका खेल्ने विश्वास पनि ब्यक्त गरेका छन् ।

कार्यक्रममा एग्रो प्रोडक्टका अध्यक्ष घलेले कृषक र आफूहरुबीच बिचौलिया नहोस् भन्नका लागि कृषकलाई बीउबिजनदेखि मलसमेत आफैले खरिद गरी दिने र उत्पादन पनि अरुले भन्दा महङ्गोमा खरिद गर्ने बताएका छन् ।

उनले कृषकबाट ४० प्रतिशत र आफैले ६० प्रतिशत चिया उत्पादन गर्ने बताएका छन् । घले गु्रपको भगिनी संस्था हिमालयन आमा टी ९एग्रो प्रोडक्ट० ले पहाडमा ५४ हजार रोपनी र तराईमा एक हजार बढी बिगाहा जमीनसमेत लिइसकेको अध्यक्ष घलेले बताए ।
त्यसैगरी सिन्धुली, हेटौंडा, लमजुङ र नुवाकोटमा विशेष योजना भइरहेको उनले बताए । उनले हरेक राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानमा हिमालयन टी कै उत्पादन राख्नेगरी योजना बनिरहेको बताएका छन् ।

कार्यक्रममा सांसद नारदमुनी राणा, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम लगायतले चियालाई विश्वबजारमा छर्न सकिने विश्वास व्यक्त गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button