breakingसमाचार

स्वास्थ्यमन्त्री ढकालको गैरजिम्मेवार अभिब्यक्ति काँगे्रसको आपत्ति÷ जनतालाई अझै बढी त्रसित बनाएको आरोप

२९ फागुन, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थमन्त्री भानुभक्त ढकालले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । कोरोनाको संक्रमण फैलिए सरकारले क्वारेन्टाइनमा नराख्ने, जनता स्वयं सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भन्ने स्वास्थ तथा जनसंख्या मन्त्री ढकालको अभिव्यक्तिले जनतालाई अझै बढी त्रसित बनाएको कांग्रेसको टिप्पणी छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बौल्दै कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्यमन्त्रीले जनतालाई त्रसित बनाउने खालको गैरजिम्मेवारपूर्ण जवाफ दिने अधिकार नभएको बताउनुभएको छ । उहाँले कोरोना भाइरसको महामारीसँगै खाद्यान्न, ग्यास, मास्कको अभाव भएको भन्दै सरकारले तत्काल व्यवस्था गर्न समेत माग गर्नुभएको छ । यस्तै सचेतक पुष्पा भुसालले पनि स्वास्थ्यमन्त्रीको अभिव्यक्ति बारेमा सदनमा सरकारको जवाफ माग गर्नुभयो । उहाँले बजारमा आद्य सामाग्रिमा कालोबजारी बढेको भन्दैँ सरकारले त्यसको अनुगन गनुपर्ने बताउनुभयो ।
 
नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र विद्यालयहरु बन्द गर्न माग गरेका छन् । बैठकको सुन्य समयमा बोल्द कांग्रेसका सांसद तथा पूर्व मन्त्री भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेकाले संसद बैठक रोक्न माग गर्नुभएको हो । उहाँले विद्यालयहरु पनि बन्द गराउन सरकारसँग माग गर्नुभयो । उहाँले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारी तयारी अपुग रहेको बताउनु भएको छ । उहाँले युरोप, अमेरिकाजस्ता शक्ति सम्पन्न राष्ट्रहरु समेत त्रसित भएको अवस्थामा नेपालले तत्काल भिड जम्मा हुने विद्यालय, संसदजस्ता ठाउँहरू बन्द गर्न समेत माग गर्नुभयो । अर्का सांसद भरत शाहले पनि संसदलाई धेरै दिन नचलाउने हो कि भन्दै प्रश्न गर्नुभयो ।
nema
Show More

Related Articles

Back to top button