breakingसमाचार

पर्सामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

२४ बैशाख, काठमाडौैँ
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको वीरगञ्जका १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना संक्रमण देखिएको उहाँको भनाई छ । देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६४ वर्षकासमेत रहेको जानकारी दिनुभयो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर आज डिस्चार्ज भएका छन्। यस्तै निको भइसकेका तीन जनामा पुनः कोरोना संक्रमण देखिएको छ । भक्तपुरको सनसीटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय एक पुरुष, रौतहटका एक युवक र एक भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म देशभर पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको नमुना परीक्षण भएको उहाँको भनाई छ । अहिलेसम्म क्वारेन्टाइनमा १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ भने १ सय ३६ जना आइसोलेशनमा रहेको प्रवक्ता देवकोटाको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button