समाचार

सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै, प्राथमिकता आ–आफ्नै

१ असार, काठमाडौं । देशका ७ वटै प्रदेश सरकारले शुक्रवार आज आगामी आर्थिक वर्ष २०७५र७६ को बजेट प्रस्तुत गर्दैछन् । देश संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् ।
संविधानमा प्रदेश सरकारले असार १ भित्र आगामी वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । यही प्रावधान अनुसार सातै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दैछन् ।
यसअघि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । त्यही नीति तथा कार्यक्रमलाई टेकेर सातै प्रदेशहरुले बजेट ल्याउन लागेका हुन् । नीति तथा कार्यक्रममा प्रदेशहरुको अलग–अलग प्राथमिकता तय भएकाले बजेट पनि त्यही अनुसार आउने अनुमान गरिएको छ ।
जेठ १५ गते १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको केन्द्र सरकारले प्रदेश तहलाई १ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले केन्द्र सरकारबाट विनियोजित बजेट र आफ्नो आन्तरिक स्रोतको विश्लेषण गरेर बजेट प्रस्तुत गर्नुपर्ने छ ।

nema
Show More

Related Articles

Back to top button