समाचार

आज विश्व आदिवासी जनजाति दिवस

२४ साउन, काठमाडौैँ÷ आज विश्व आदिवासी जनजाति दिवस, नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाईएको छ । विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ मा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन सन् १९८२ को अगस्ट ९ लाई आधार मानेर सन् १९९५ देखि विश्वभर यो दिवस मनाउदै आएको छ । नेपालका लागि दिवसको यो वर्षको नारा ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँः पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने तय गरिएको छ । दिवसलाई नेपालका आदिवासी जनजातिल आन्दोलनको रूपमा मनाउने तयारी गरेका छन् । हालै सरकारले जारी गरेको स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन समावेशी नभएको, गुठी विधेयक मार्फत आदिवासी पुर्खाले धर्म, संस्कृति बचाउन युगौँदेखि गरेको अभ्यासलाई बिथोल्न थालेको भन्दै दिवसलाई आन्दोलनका रुपमा मनाउने तयारी भएको आदिवासी जनजाती नेताहरुले बताएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button