समाचारनेपाली कांग्रेस

सभापति देउवाको ब्यक्तिवादी सोचकै कारण काँग्रेस सशक्त हुन सकेनः भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको व्यक्तिवादी सोचकै कारण नेपाली कांग्रेस पार्टी सशक्त हुन नसकेको बताएका छन्। बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापतिको व्यक्तिवादी सोचकै कारण पार्टी शसक्त हुन नसकेको जिकिर गरे।
पार्टी सभापति देउवाले सरकारको आलोचना गर्न नसकेकै कारण सरकारले मनपरी गरेको नेता भण्डारीले बताए। निर्मला हत्या काण्ड, वाइडबडी विमान र सुन काण्ड लगायतका विषयमा सरकार चुकेको भन्दै कांग्रेस नेतृत्वले यसका विरुद्धमा अभियान चलाउनुपर्नेतर्फ सोच्न आग्रह गरे। महँगी र करको भार बढाउने काम मात्रै सरकारले गरेको भन्दै उनले जनताले कर तिरेको महसुस गर्ने गरी कार्य अगाडि बढाउन सरकारले नसकेको उनको भनाइ छ। मुख्यमन्त्रीहरु शहर केन्द्रित भएको भन्दै उनले गाउँ पुगेर जनताका कुरा सुन्न भण्डारीले आग्रह गरे ।

nema
Show More

Related Articles

Back to top button