समाचार

जुम्लाको तातोपानीमा अज्ञात रोगका कारण सिंगो गाउँ प्रभावित

२३ वैशाख, काठमाडौैँ÷ जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीमा अज्ञात रोगका कारण स्थानीय बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । रोग पहिचान नभए पनि भाइरल ज्वरोको आशंक गरिएको छ ।
बिरामीहरुमा शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएका छन् । शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठन समेत प्रभावित भएको छ । रोगले तातोपानी–७ का सर्मीका साथै सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का वडाध्यक्ष मकरबहादुर रावतले बताउनु भएको छ । यसअघि हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी रुघाखोकी इन्फ्लुएन्जाका कारण ९ जनाको मृत्यु भएको थियो ।

nema
Show More

Related Articles

Back to top button