breakingविचारवी पी विचारसमाचार

४१ औं स्मृति दिवस

बिराट्नगर

सावन ७ गते आईतबार बिराट नगर वीपी विचार राष्ट्रिय समाज कोशी प्रदेश समितीले जननायक स्वर्गीय विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा एक बिचार गोष्ठीको आयोजना गरी उहाँ प्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेको थियो। ” वी. पी. , काङ्ग्रेस र राष्ट्रियता ” विषयक गोष्ठीको सभापतित्व सो संस्थाका कोशी प्रदेश सभापति श्री दीपक लोहनीले गर्नु भएको थियो भने मुख्य अतिथिको रुपमा बिराटनगर का मेयर श्री नागेश कोइरालाज्यू हुनुहुन्थ्यो । सो कार्यक्रममा विभिन्न विद्वान् वक्ताहरुमा यस संस्थाको केन्द्रिय सदस्य प्रा. कविराज न्यौपाने, प्रा. डा. बलराम पौडेल , बिचारक एवं नेपाली काङ्ग्रेसका नेता पुरंजन आचार्य, काङ्ग्रेसका युवा नेता यदु बिष्ट हुनुहुन्थ्यो । उक्त कार्यक्रममा स्वागत भाषण संस्थाका प्रदेश सदश्य सुनील सापकोटाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन मोरंग जिल्लाका सदश्य राजेन्द्र रिजालजीले गर्नु भएको थियो । कार्यक्रम स्थल : गुराँस पुस्तकालय बरगाछि , बिराट्नगर

Show More

Related Articles

Back to top button