समाचार

कोरोना भाइरसको सन्त्रासमा नेपाल—चीन हवाई सेवा बन्द

२० माघ, काठमाडौैँ÷ चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपाल – चीन हवाई सेवा एक महिनाका लागि बन्द गरिएको छ । चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको घोषणा गरेको क्षेत्रीले बताउनुभयो । दैनिक एक उडान गर्दै आएको एयर चाइनाले भोली देखि २९ तारिक सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रवरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाएका छन् ।
सिचुवान र तीब्बत एयरलाइन्सले पनि टिकट बुकिङ नगर्न ट्राभल एजेन्सीहरुलाई सूचित गरेको बताइएको छ । कोरना भाइरसकै कारण फेब्रवरी एक देखी हिमालय एयरलाइन्सले चीनका तीन सहरमा उडान स्थगित गरिसकेको छ । नेपाल सरकारकातर्फबाट चीन हुने हवाई उडान स्थगित वा रद्दको कुनै निर्णय नगरेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button