breakingसमाचारविचारवी पी विचार

‘नो रोड नो भोट’ भन्दै उम्मेदवारलाई गाउँ छिर्न रोक

 २०७९ कात्तिक १७

१७ कात्तिक, सर्लाही । सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका हुन ।

गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् ।

प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताए ।

nema
Show More

Related Articles

Back to top button