समाचारनेपाली कांग्रेस

अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरुमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न काँगे्रसको माग

प्रतिनिधिसभाको बैठकमा बोल्ने प्रमुख प्रतिपक्षी दल काँग्रेसलगायतका दलहरुले संसदमा अख्त्यिारका प्रमुख आयुक्त तथा आयुक्तहरुमाथि महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने माग गरेका छन् । बैठकमा बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय दलको निर्णयअनुसार संसदको अवरोध हटाउने निर्णय लिइएको बताउनुभयो । उहाँले ’संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको’ आरोप लगाउँदै प्रतिशोध साँध्‍न गच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाउनुभएको छ ।
त्यस्तै समाजवादी पार्टीकी सांसद सरिता गिरीले जग्गा प्रकरणमा अख्तियारले संवैधानिक आयोगले गर्नुपर्ने कार्य गर्नबाट चुकेको बताउँदै महाभियोग लगाउनुपर्ने माग गर्नुयभयो । ललिता निवासको जग्गा किन्‍नेलाई मुद्दा नलगाएर अख्तियारले गैरसंवैधानिक काम गरेको सांसद गिरीको आरोप थियो ।
 
बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसुची रहेको छ । यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रमाण (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा गृह मन्त्री रामबहादुर थापाले “कारागार विधेयक, २०७६” लाई छलफलका लागि टेबल गर्ने कार्यसुची समेत रहेको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button