समाचार

सतुङ्गल र कपनबाट १० लाख मास्क बरामद, ७ जना पक्राउ

३ फागुन, काठमाडौैँ÷ प्रहरीले सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेको छ । कोरोना भाइरसको हल्लाले कालोबजारी बढेका बेला प्रहरीले गरेको अप्रेसनमा ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइने प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आज प्रहरी परीसर टेकुमा पत्रकार सम्मेलनमार्फत जानकारी बोगटीले बताउनुभयो । कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको गुनासो छ ।

nema
Show More

Related Articles

Back to top button